बिदुर खडका

डुमरवाना,मापदण्ड विपरीत बालुवा, गिटी र ढुङ्गा उत्खनन भएको भन्दै स्थानीयले गुनासो गरेपछि जिल्ला समन्वय समिति बारा र जिल्ला प्रशासन कार्यालय बाराको सयुक्त टोलीले सोमबार जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न खोलाहरुको अनुगमन गरेको छ ।

अनुगमन टोलीले यस क्षेत्रमा संञ्चालनमा रहेका ४ वटा क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्रबाट केही कागजपत्र पनि नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, जिल्ला प्रसासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापा, जिल्ला समन्वय समितिका अधिकारी सुनिल चौरसिया, राजस्व कार्यालय कलैयाका कर्मचराी र स्थानीय प्रहरी प्रशासनको पनि सहभागिता रहेको थियो ।

उपमहानगरपालिकाको बालगंगालगायतका खोलाको किनारमा संञ्चालित बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योगहरुलाई नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको समेयमासमेत उद्योगहरुले उत्खनन र प्रशोधन कार्य जारी राख्दै आएका थिए ।

अनुगमन कार्यमा सरिक हुनुभएका जिल्ला समन्वय समितिका प्रमुख सिंहले उद्योगहरुबाट कागजपत्र नियन्त्रणमा लिएर अध्ययन भइरहेको बताउनुभएको छ । ‘सामान्य रुपमा हेर्दा उद्योगहरु नियमसंगत रुपमा नचलेको देखिएको छ, तर कागजपत्रको राम्ररी अध्ययन नगरी थप कुरा भन्न नसकिने बताउनुभएको छ । ‘कागजपत्रको अध्ययन भइरहेको छ, १÷ २ दिनमा रिजल्ट निस्किन्छ ।’

Leave a Reply