राजन कुमार बानिया

पोखरिया,- बिश्वब्यापी महामारी को रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणबाट बचाउनको लागी भारतबाट आउनेहरुलाई पर्साको छिपहरमाई गाउँपालिका स्थापन भएको क्वारेन्टाइनमा साेमबार गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता लगायतको टोलीले अनुगमन गरेका छन् । स्थापना गरिएका क्वारेन्टाइनमा अहिले सम्म ११ जनालाई राखिएकाे छ ।

 

 

छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा रहेको श्री मंगल उच्च माध्यमिक बिधालय भिस्वा को हलमा स्थापना भएको क्वारेन्टाईनमा भारतबाट आएका ११ जनालाई राखिएकाे गाउँपालिका अध्यक्ष गुप्ता ले जनाएका छन् ।भारतको दिल्ली , बनारस, पांजाब,मुम्बई कलकता र कास्मिर बाट फर्केका नेपाल को पर्सा जिल्ला को छिपहरमाई गाउँपालिका सम्भौता,मिर्जापुर,जयमंगलापुर,तुलसिवर्वा,भिस्वा,लगायत गाउँ का नागरिक हरु रहेका छन्।

 

 

 

 

भारतमा मजदुरी कामको सिलसिला गएको थियो । भारतमा मजदुरी गरिरहेको बेला बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस को कारण भारत सरकार ले गरेको लकडाउन को कारण भारत बाट आउनेहरुलाई गाउँपालिका मा तयार गरेकाे क्वारेन्टाइनमा राखिएकाे अध्यक्ष गुप्ता ले जनाएका छन् । क्वारेन्टाईनमा १४ दिन सम्म ११ जनालाई राखिने अध्यक्ष गुप्ता ले बताउनु भयाे ।

 

 

 

 

क्वारेन्टाईनमा राखेर निगरानी गर्ने स्वास्थ्यकर्मी हरु लाई जरोबोखार १०४ डिग्री, खोकी लागने, टाउको दुख्ने जस्ता लक्ष्णहरुको पहचान गरिने गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले जनाए का छन।यदि यस्ता लक्षणहरु फेला परेमा थप उपचारको लागि बिरगंज मा स्थापना गरिएको आईन्सुलेसनमा भर्ना गरिने बताए। बिधालयमा स्थापना गरिएको क्वारेन्टाईन १५ बेड को रहेको अधिकृत साह ले जनाएका छन ।

 

 

 

अनुगमको क्रममा स्थापना गरिएको क्वारेन्टाइनमा कुनै समाग्रीको कमी नहुने बताए।स्वास्थ्य समबन्धी समाग्री हरु र क्वारेन्टाइनमा रहेको ब्यक्ति लाई खाना, नास्ता, औषधी हरु समेत निशुल्क ब्यवस्थापन मिलाईएको छ । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता , प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह, वडाध्यक्ष मौजिलाल साह , स्वास्थ्य संयोजक शम्भु साह, समसुल मियाँ ,पत्रकार, र प्रहरी हरु लगायतकाकाे टाेली क्वारेन्टाइनकाे अनुगमन तथा निरिक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here