खासगरी नेपालको संविधानको धारा ३३ ले भन्छ— प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । तर, संविधान आफैंले रोजगारी दिने होइन । दिने कर्तव्य राज्यको हो । रोजगारीसम्बन्धी कानुन बनाएरै सर्त र प्रक्रिया पु¥याएर प्रत्येक नागरिकलाई रोजगारी देऊ भनेर संविधानले नै भनेको छ । समाजवादउन्मुख संविधान हुनुको तात्पर्य पनि रोजगारीलाई मौलिक हकमा समावेश गरिएको हो । तर, सरकारमा भएकाहरू संविधान कार्यान्वयनभन्दा आफ्नै राजनीतिक भविष्यमा केन्द्रित छन् । विगत नकोट्याऔं, नागरिकको वर्तमान र भविष्यप्रति बेवास्ता छ ।
त्यसैको परिणाम हो, चाहेर नचाहेर युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनुपर्छ । होइन भने मातृभूमि छाडेर विदेशको दुःख आर्जने रहर कसैलाई हुँदैन । विवशताबस विदेशिने युवामध्ये पनि धेरैको गन्तव्य खाडी मुलुकहरू नै हुने गर्छ । त्यसमध्येमा पनि कतारमा धेरै नेपाली युवा रोजगारीमा छन । प्रचण्ड गर्मी हुने मुलुक कतारमा दुःख बेसाउनु नेपाली युवाको बाध्यत(ाबाहेक केही होइन । कताकतिमात्रै त्यहाँ पनि ह्वाइटकलर जबमा छन् । नत्र त अधिकांश त हाड घोट्ने कर्ममा हुन्छन् ।
वैदेशिक रोजगारीका नेपालीले तीन वटा डी अर्थात् डेन्जर (खतरा), डर्टी (फोहोर) र डिफिकल्ट (जोखिम) काममा घोटिनुपर्ने धेरैको बाध्यता छ । हो, त्यही कारण हरेक वर्ष वैदेशिक रोजगारीमा नेपाली युवाको ज्यान गइरहेको छ । कसैले कार्यस्थलमै ज्यान गुमाएका छन्। कसैले सडक दुर्घटनामा मृत्युवरण गरेका छन् त कसैले कार्यस्थल र सडकबाहिर । जहाँ ज्यान गुमाए पनि युवा उमेरमै विदेशीभूमिमा ज्यान गुमाउनुको कारण त्यहाँको जोखिमपूर्ण काम र त्यसको असर नै हो । कार्यस्थलमा दुर्घटनामा पर्नु एउटा कुरा हुन्छ भने जोखिमपूर्ण कामको असरले सुत्दासुत्दै पनि ज्यान ज्याने अर्काे कारण हुन्छ ।
त्यस्तै, कामको प्रकृतिले पनि स्वास्थ्यमा प्रतिकूल असर पु¥याएको हुन्छ । क्यान्सर लाग्ने, मिर्गाैला फेल हुने, हृदयघात हुनेलगायत असरका कारण ज्यान गुमाएका युवा पनि थुप्रै छन् । त्यो उनीहरूले मोलेको जोखिमकै कारण हो । अर्काे त भनेजस्तो नहुँदा निराशामा पुगेर आत्महत्या गर्ने युवाको संख्या पनि उत्तिकै छ ।