कलैया,जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका विभिन्न स्थानबाट आज ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतबाट विभिन्न मुद्दामा दण्ड सजाय तोकिएका र वारदात पश्चात फरार रहेका पर्साको पर्सागढी नगरपालिका ३ का वर्ष २२ का श्याममाबु चौरसिया, बाराको परवानीपुर गाउँपालिका बहुअरीका वर्ष ४२ का उमेस साह र कलैया उपमहानगरपालिका ४ का वर्ष ४० का राजेन्द्र साह तेलीलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक मिनबहादुर घलले फरार प्रतिवादीहरुको खोज तलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेर बारा जिल्ला अदालतमा पेस गरिएको छ ।सूचना अघिकारी घलेका अनुसार पर्सागढीका चौरसिया कर्तव्य ज्यान, बहुअरीका साह बैंकिङ कसुर र कलैयाका तेली ज्यान मार्ने उद्योगका प्रतिवादी हुन ।



















