नरेश गुप्ता
बरियारपुर – सशस्त्र प्रहरी बेश क्याम्प बरियारपुरले यात्रुबाहक बसबाट राज्श्व छलिका लत्ताकपडा बरामद गरेको छ । बाराको सिमरौनगढ बाट काठमाडौ जाँदै गरेको ना ८ ख ४४०७ नम्बरको स्टार डिलक्स यात्रुबाहक बसलाई चेकजाँच गर्दा कुर्ती ९० थान , गंन्जी २३० थान झोलामा लुकाईछिपाई लगिरहेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताउनु भयो ।
बरामद गरिएको लत्ताकपडा अन्दाजी मुल्य ५६ हजार पाँच सय बराबरकाे रहेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक अजय कुमार झाको कमान्डमा रहेको पसहा चेक प्वाईन्टमा सो लत्ताकपडा बरामद गरिएको थियो । बरामद भएको भन्सार छलिका लत्ताकपडा आवश्यक अनुसन्धानको लागि बिरगंज भन्सारमा बुझाईएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदिले बताउनु भयो ।