निजगढ । बाराको निजगढ नगरपालिकामा गठबन्धनलाई उछिन्दै एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरी र उपमेयर पदकी उम्मेदवार सोममायाँ थिङ विजयी भएका छन् ।
गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल र माओवादी केन्द्रका रविराज दंगाललाई पराजित गर्दै पुरी र थिङ विजयी भएका हुन् ।
एमालेका मेयर पदका उम्मेदवार सुरथ पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गरे । गठबन्धकबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सुरेश कुमार खनालले ८ हजार ८ सय २३ मत प्राप्त गरे ।
त्यस्तै, नेकपा एमालेका उपमेयर पदकी उम्मेदवार सोममायाँ थिङले ८ हजार ६ सय ५९ मत प्राप्त गरे । गठबन्धनबाट माओवादी केन्द्रका रविराज दंगालले ८ हजार ५ सय १८ मत प्राप्त गरे । नेकपा एमालेका मेयर पदका उम्मेदवार पुरीले ६ सय ५२ बढी मतले विजयी भएका हुन् । उपमेयर पदका उम्मेदार थिङले १ सय ४१ बढी मत प्राप्त गर्दै विजयी भए ।