बिदुर खडका
डुमरवाना – शुक्रबार दिउसो परेको चटयाङ्गबाट साना किसान कृषि सहकारि संस्था फत्तेपुरको भवनमा सामान्य क्षति पुगि संस्थामा रहेको बिधुतिय सामान हरु पुर्णरुपले क्षेति भएको छ । जितपुर सिमरा उपमहानगरपालिका १२ मा रहेको फत्तेपुरको संस्थाको कार्यलयको ईन्टर नेटको टावरमा चटयाग लागेर २ लाख ४५ हजार बराबरको क्षेति भएको कार्यलय प्रमुख मंन्दिप दुवाडिले जनाएका छन ।
चटयाङ्गले कार्यलयको भवनको मथिल्लो तलामा सामान्य क्षति भइ ३ वटा कम्पीयुटर १ लेपटप , ईन्टर नेट डिभाइस र बिधुतका जडित तारहरु जलेर नस्ट भएको छ । चटयङ्ग परेको समय कार्यलयको तल्लो तलामा कर्मचारिहरु रहेकोले मानबिय क्षति भने हुन नपाएको दुवाडि जनाउछन ।