कलैया,लामो समयदेखि कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पचरौता नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महेशकुमार मिश्रलाई पठाएको छ ।
अधिकृतस्तरका मिश्रलाई मन्त्रालयले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको हो । मन्त्रालयले खटाएसँगै मिश्र नगरपालिकाको कार्यालयमा सोमवार नै हाजिर हुनुभएको हो । कार्यालयमा नगर उपप्रमुख नसिमा खातुन, वडाध्यक्ष लक्ष्मी यादव, प्रशासन प्रमुख गौरी साह, शिक्षा शाखा प्रमुख मुकेश सिंहलगायत जनप्रतिनिधि र स्थानीयले प्रमुख प्रशासकीय अधिकृत मिश्राको स्वागत गर्नुभएको थियो ।
कार्यालयमा हाजिर गरेपछि प्रमुख प्रशासकीय अधिकृत मिश्रले कार्यालय रोकिएको नगरसभाको आयोजना, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, शिक्षा र कर्मचारीको तलब वितरण जस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नभएकै कारण नगरसभा हुँन नसक्दा कार्यालयको अन्य गतिविधि समेत प्रभावित हुदै आएको छ ।

















