निजगढ,चरनको लागि राखेको मौरीको घारमा आगलागी हुँदा निजगढ नगरपालिका वडा नम्बर ४ का एक किसानको ६ लाखभन्दा बढी नोक्सानी भएको छ ।निजगढ पुरानो टोलका किसान ढकप्रसाद तिमल्सिनाले रौतहटको पौराही जंगलमा चराउन भनेर राखेको मौरीको घारमा वनडढेलो सक्लेर आगलागी भएको हो । काढने बेला भएको मौरीको ६० घार जलेर नष्ट भएको करिव ६ लाख रुपैया बराबरको क्षति हुनपुगेको सार्वजनिक मावि बागदेवका शिक्षक रमेश रसिकले जानकारी दिनुभयो ।

शिक्षक रसिकका अनुसार ढकप्रसादले चरनको लागि पौराहीको जंगलमा १ सय १० घार मौरी राख्नुभएको थियो । यसअघि लालबन्दीको जंगलमा चराएर ल्याएको सो घार २ साताअघि मात्रै पौराहीमा राखिएको थियो ।सुख्खा मौसम शुरु भएको र पौराही क्षेत्रको जंगलमा चाम्रे फूल पाइने भएकोले चरनको लागि निजगढबाट घार सहितको मौरी सो क्षेत्रको जंगलमा लगिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here