वीरगन्ज,वीरगन्जको एक सहकारी संस्था संचालक समितिका अध्यक्ष र पदाधिकारीहरु बचतकर्ताको करोडौँ रुपैयाँ लिएर फरार भएको घटना सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैया बही पुलस्थित मानव समाज बचत तथा ऋण सहकारी संस्थाका करोडौ रकम लिएर अध्यक्ष मुन्ना पटेल र संचालक समितिका पदाधिकारीहरु फरार भएको बचतकर्ताले बताएपछि घटना सार्वजनिक भएको हो ।
संस्थाका अध्यक्ष वीरगन्ज महानगरपालिका वडा नम्बर १ सिसोबारी छपकैया निवासी पटेल र संस्थाका पदाधिकारीहरु करिब १ करोड रुपैयाभन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताको आरोप छ ।
स्थानीयका अनुसार संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु सम्पर्कबिहिन छन् । स्थानिय बचतकर्ताका अनुसार संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु एक सातादेखि सम्पर्कमा आएका छैनन् ।
स्थानीय एकजना बचतकर्ताले संस्थामा जम्मा गरेको रकम निकाल्न जाँदा एकसातादेखि सहकारी संस्थाको कार्यालयमा ताला लागेको पाएपछि फरार भएको बताए ।

















