निजगढ,साविक निजगढ गाविसका अध्यक्ष एंव कम्युनिष्ट अगुवा स्वर्गिय नन्दीकेशर न्यौपानको जिवनीमा आधारित पुस्तक ‘निर्भिक नन्दीकेशर न्यौपाने’ पुस्तकको मंगलवार विमोचन गरिएको छ ।
निजगढमा पत्रकार गोकुल घोरसाइने, चितवनका पत्रकार विष्णु छिमेकी, नन्दकेश्वरका भाइ माधव न्यौपाने, छोरी विमला र शिक्षा पोखरेलले लेख्नु भएको सो पुस्तकको खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले पुस्तकको विमोचन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नन्दीकिशोरको जीवनीबाट आफु पनि प्रभावित बनेको बताउनुभयो । निजगढ ८ स्थित पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल र नन्दीकेश्वरका ज्वाई भूमि सम्बन्धि समस्या समाधान आयोगका पूर्वअध्यक्ष देवी ज्ञावालीले पुस्तकको समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता पौडेलले नन्दीकेश्वर सच्चिकै निडर, निर्भिक र हिम्मत भएको नेता भएको बताउनुभयो ।