कलैया,वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बारा जिल्ला निवासी डाक्टर द्वारिका उप्रेती नियुक्त हुनुभएको छ ।
जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ५ निवासी उप्रेतीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि बोर्डको कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएपछि मन्त्रिपरिषद बैठकले उप्रेतीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेको थियो । मन्त्रालयले उप्रेतीसँगै निर्मलकुमार उप्रेती र युवराज बस्नेत सिफारिस गरेको थियो ।
कार्यकारी निर्देशकका लागि आवेदन दिएकामध्ये ६ जनाको दरखास्त स्वीकृत भएको थियो । आवेदन दिएकामध्ये तोकिएको योग्यता पुगेका उम्मेदवार छनोटमा परेका थिए ।

















