रौतहट,रौतहटमा एकै परिवारका दुई बालकहरुको विष सेवन गराएर हत्या गरिएको भन्दै आफन्त र स्थानीयले गरुडा बजारमा सोमबार दिउसो प्रदर्शन गरेका छन । बालकलाई विष खुवाएर हत्या गरेको र घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग राखेर परिवारका सदस्य, आफन्त र स्थानीयले बालकको शव बोकेर गरुडा बजारमा प्रर्दशन गरेका हुन् ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको थियो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो । बालकहरुलाई रिसिवीका कारण छिमेकीले विष सेवन गराएर हत्या गरेको परिवारजनको आरोप छ ।

ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगन्ज लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

प्रहरीले पनि यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले बालकहरुको विषका कारण मृत्यु बताउदै घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको बताउनुभयो । उनीहरुलाई कसले किन विष सेवन गराएको हो भन्ने विषयमा छानबिन भइरहेको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here