वीरगन्ज,वीरगन्जमा सवारी दुर्घटनामा परी मंगलबार एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

वीरगन्ज उपमहानगरपालिका वडा नम्बर– १६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी ५५÷६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पौने ७ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् ।

घटना स्थलबाट प्रहरीले उद्धार गरी उनलाई उपचारका लागि नारायणी अस्पताल पु¥याइएको थियो । टाउको, नाक, मुखमा चोट लागेको उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

अनुसन्धानको क्रममा सडक पार गर्दै गरेको अवस्थामा प्रदेश २–०३–०१६ प ७३८७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको पाइएको खनालले बताउनुभयो । मोटरसाइकल चालक १८ वर्षीय निरज वर्णवाललाई वीरगन्ज– १५ भिष्वास्थित घरबाट नियन्त्रणमा लिइएर थप अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here