सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदमा नेकपा एमालेको तर्फबाट सरस्वती देवी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका नेता कार्यकर्ता सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

चौधरीको प्रस्तावक चन्द्रलाल (मनोज) पौडेल र अनिल मैनाली समर्थक रहनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा जीतपुरसिमराबाट उपप्रमुखमा निर्वाचित चौधरीलाई एमालेले नगर प्रमुखको उम्मेदवार बनाउँने निर्णय गरेको हो । चौधरी एमाले केन्द्रीय सदस्य र बारा जिल्ला सह–इन्चार्ज हुनुहुन्छ ।

त्यसैगरी उपप्रमुख पदमा भोलाप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रमुख पद महिलालाई दिएको एमालेले उपप्रमुख पदको उम्मेदवार अधिकारीलाई बनाउने निर्णय गरेको हो । अधिकारीको प्रस्तावक चुडामणी गौतम र समर्थक समिर लुईटेल रहनुभएको छ ।

साविक सिमरा गाविसमा २ पटक अध्यक्ष रहनुभएका अधिकारी एमाले जिल्ला कमिटी सदस्य एवंम् जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कमिटी अध्यक्ष हुुनुुहुन्छ । उहाँले २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा जित हात पार्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here