सिमरा,बारा प्रहरीले भन्सार छलीका सामानसहित नियन्त्रणमा लिएको ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएकोछ ।प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले राजस्व छलिको आशंकामा नियन्त्रणमा लिएको ५३ लाख ४० हजार बराबरको खुद्रा सामानसहितको ना ६ ख ४४४७ नम्बरको ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको हो ।टोलीले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रक रोकेर जाँच गर्दा बिल बिजकभन्दा बढी समान पाइएको र आवश्यक कारबाहीका लागि सो ट्रक राजस्व अनुसन्धान कार्यालयपथलैया बारामा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply