कलैया,बारा जिल्लाको सदरमुकाम कलैयाबाट पत्रकार प्रभु यादवको मोटरसाइकल चोरी भएको छ ।वीरगञ्जबाट प्रकाशित हुँदै आएको भोजपुरी टाईम्स दैनिक पत्रिकाका बारा संवाददाता पत्रकार प्रभु यादवको मोटरसाइकल चोरी भएको हो ।
कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयको शिक्षा शाखा, कृषि तथा सामाजिक शाखाअगाडि पार्किङ गरि राखिएको ना.५४ प ९२७२ नम्बरको यामाहा सलुटो मोटरसाइकल मङ्गलवार दिउँसो साढे १२ बजे कलैयाबाट चोरी भएको यादवले बताउनुभयो ।यादवले मोटरसाइकल चोरी भएको जानकारी बारा प्रहरीलाई गराउनुभएको छ । प्रहरीले मोटरसाइकल चोरको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिनुभयो ।



















