रौतहट २ कार्तिक । रौतहटको विभिन्न पालिकाहरुमा निर्माण भईरहेको जनता आवास कार्यक्रम अझै अलपत्र अवस्थामा रहेपनि निर्वतमान प्रदेश सांसदहरुलाई दलित समुदायकै भोट प्रति आशा देखिएका छन् ।
विभिन्न बहाना गर्दे विगत तीन वर्ष देखि दलितहरुको घर निमार्ण गर्न कुनै चासो नदेखाएका प्रदेश सांसदहरुले अहिले निर्वाचनको बेला उनीहरुकै घरदैलोमा पुगेर मत माग्न थालेका हुन् ।
पक्की घरको सपना देखाउंदै भएको फुसको छाप्रोपनि हटाएका दलितहरु अहिले भोट माग्न आउने नेताहरुलाई नानाथरीका कुरा सुनाउन थालेका छन् । आफुले तीन वर्ष देखि भोग्दै आएको पीडा कसैले सुनेन आज निर्वाचनको बेला घर घरमा आउन थालेको दलितहरु बताउंछन् ।
वर्षा, बाढी, महामारी, चर्को गर्मी लगायतको बेलामा नेताहरु नआएको बताउंदै राजदेवी नगरपालिका १ पथरा टोलका स्थानीय दलित जगदिश मालिले भने अहिले निर्वाचनको बेलामा विभिन्न राजनीति दल तथा स्वतन्त्र उम्मेदवारहरु भोट माग्न आउन थालेको बताउनुहुन्छ । बरु जिल्लाका कतिपय सञ्चारकर्मीहरुले बेला बेलामा हाम्रो समस्याका बारेमा टेलिभिजन तथा पत्रपत्रिकामा समाचार लेख्यो मालिले भने आफ्नो समस्याका बारेमा सम्बोधन गर्ने नेतालाई मात्र भोट दिनेछु ।
जनता आवास योजनाका तत्कालिन अध्यक्ष रहेका रौतहट क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद बाबूलाल साह कानुको अवधिमा शुरू भएको आवास निर्माणको कार्य अलपत्र अवस्थामा रहेको छ । हाल उनी स्वतन्त्र उम्मेदवार बनेका छन् । उनको अवधीमा रौतहटमा ११ सय ७५ घर निमार्ण भएपनी हालसम्म कतिपय घरहरु अलपत्र अवस्थामा रहेको छ ।
भएको घर पनि तोडिएको छ नया घर पनि अधुरो छोडेपछी परिवारलाइ बस्न गर्हो भई रहेको स्थानीय कौशल्या देवीले बताइन । उपभोक्ता समितिलाई पटक पटक निर्माण गर्न अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको समेत उनको आरोप रहेको छ ।

















