सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयका दुई विद्यार्थीले कक्षा १२ को परीक्षामा ३.७१ जिपिए अंक ल्याउन सफल भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको नतिजाअनुसार उक्त विद्यालयका दुई विद्यार्थी सर्वोत्कृष्ट अंकसहित उतिर्ण भएका हुन् । ३.७१ जिपिए ल्याउनेमा जीतपुरसिमरा वडा नम्बर १५ की सामना भट्टराई र जीतपुरसिमरा वडा नम्बर १ का गौरवमान श्रेष्ठ रहेका छन् ।

जिल्लाको सामुदायिक विद्यालयमध्येबाट उनीहरुले उत्कृष्ट अंक ल्याउदै कक्षा १२ परीक्षा उतिर्ण गरेको बताइएको छ ।
विद्यालयका शिक्षक एवम् कक्षा १२ का इन्चार्ज डम्बर खड्काले भट्टराई र श्रेष्ठले जिल्लामै सर्वाधिक अंक ल्याएर उतिर्ण गरेको बताउनुभयो । यसैबीच कक्षा १२ को परीक्षामा निजी विद्यालयतर्फ पनि सिमराकै एक छात्रा सर्वोत्कृष्ट जिपिएसहित उतिर्ण भएकी छन् । सिमरास्थित सिमरा पब्लिक इङ्लिस स्कुलकी छात्रा काजल मण्डलले ३.९१ जिपिए ल्याउदै कक्षा १२ को परीक्षा उतिर्ण गरेकी हुन् । उक्त स्कुलको वाणिज्य संकायमा अध्ययनरत छात्रा मण्डलको जिपिए अंक जिल्ला सहित मधेस प्रदेशकै उत्कृष्ट हुनसक्ने सम्भावना रहेको विद्यालय प्रशासनले बताएको छ ।

Leave a Reply