मालपोत कार्यालय कलैयाका प्रमुख राजेश गिरी ।
मालपोत कार्यालय कलैयाका प्रमुख राजेश गिरी ।

दष्यन्त चौधरी
कलैया / बाराको कलैयामा रहेको मालपोत कार्यालयका प्रमुख राजेश गिरीलाई बिहिबार एक समुहले उनकै कार्यकक्षमै घेरेको थियो । कारण हो , मालपोतका प्रमुख गिरीले मालपोतमै जागिर लगाईदिने शर्तमा दुई जनासँग नजराना बुझेको थियो । नजराना बुझेर मालपोतका प्रमुख गिरीले जागिर नलाईदिएपछि यो रहस्य बाहिर आएको हो । मालपोतका प्रमुख गिरीले नाजराना बुझेरपनि काममा नलगाएपछि बुझेको नाजराना फिर्ता नदिएपछि बिहिबार मालपोत कार्यालयमा एक समुहले नाराबाजी गर्दै मालपोतका प्रमुख गिरीलाई उनकै कार्यकक्षमै घेरेका थिए ।

यि सबै विवादका विषयमा मालपोतका प्रमुख गिरीसँग प्रतिक्रिया लिदाँ आफूले कोहि कसैसँग घुस नलिएको दावी गर्नुभयो । घुस नलिएको हो भने किन कर्मचारी नियुक्ति गर्दा टिप्पटी उठाउनुभयो ? किन टिप्पनी सदर भयो ? वा पिडित चौधरीले हामीलाई उपलब्ध गराएको प्रमाणहरु के किर्ते हो त ? जस्ता प्रश्न गर्दा मालपोतका प्रमुख गिरीका अनुसार चौधरी तथा साहले संचारकर्मीहरुलाई बुझाएको कागजात किर्ते नभएको स्वीकार गर्नुभयो । मालपोतका प्रमुख गिरीले अझै थप्नुभयो , केन्द्रमा नागरीक उन्मुक्ति पार्टी सरकारमा रहेको छ , तिनै पार्टीका नेता आफूले काम गर्ने मन्त्रालयको मन्त्री रहेकाले सो पार्टीका बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले एक – दुई वटा हाम्रो पनि कर्मचारी नियुक्ति गर्नुपर्छ भनेपछि अगाडी बढेको थिए । तर कर्मचारी भर्ना गर्नका लागि माथिबाट नै बजेट नपठाएकाले नियुक्ति नगरिएको जानकारी दिनुभयो ।

 

मालपोत कार्यालय कलैयाका मुल गेटमा नाराबाजी गर्दै पिडित पक्षका व्यक्तिहरु ।
मालपोत कार्यालय कलैयाका मुल गेटमा नाराबाजी गर्दै पिडित पक्षका व्यक्तिहरु ।

काममा लगाई दिने शर्तमा मालपोतका प्रमुख गिरीले बाराको महागढीमाई नगरपालिका वडा नं. ५ कब्हीको अरुण चौधरीसँग एक लाख ५० हजारमा तय गरेको चौधरीले आरोप लगाएको हो । साथै चौधरीका अनुसार मालपोतका प्रमुख गिरीले माग गरेको रकम मध्ये एक लाख नगद दिएपछि टिप्पटी उठाएर मेरो फाइल अगाडी बढाएको जानकारी दिनुभयो । उनेले अझै थप्दै भन्नुभयो , मालपोतका प्रमुख गिरीले आफूसँग तय गरेको रकम मध्ये २५ हजार अहिले आफू दिन नसकिने अवस्थामा रहेकाले नियुक्ति गरेपछि तलब आएको बेला तपाईले नै लिनुहोला भनेपछि सम्झौता गरेरपनि नियुक्ती पत्र नदिएपछि विवाद बाहिर आएको हो ।

 

मालपोत कार्यालय कलैयाका प्रमुख गिरीमाथि लगाएको आरोप पत्र ।
मालपोत कार्यालय कलैयाका प्रमुख गिरीमाथि लगाएको आरोप पत्र ।

त्यसैगरी कलैया उपमहानगरपालिका वडा नंं २७ रामपुरका अर्का राम कुमार यादवलाई पनि कार्यालय सहयोगीमा काम लगाई दिने शर्तमा उनसँग एक लाख २५ हजार माग गरेको थियो । त्यही लोभमा यादवले ७५ हजार मालपोतका प्रमुख गिरीलाई दिईसकेको सुनाउनुभयो । तर हालसम्म नत चौधरीलाई नै हाजिर लगाईयो , नत यादवलाई नै । मालपोतका प्रमुख गिरीले बुझेको नाजराना फिर्ता माग गर्दा कार्यकक्षमै ठुलो विवाद उत्पन्न भएको थियो । विवाद भएपछि जिल्ला प्रहरीकाबाट प्रहरी निरिक्षक जय कृष्ण प्रसाद कुर्मीको नेतृत्वमा एक टोली नै आएको थियो । प्रहरी निरिक्षक कुर्मीकै अगाडी मालपोतका प्रमुख गिरीले आफू रकम फिर्ता नगर्ने पटक पटक भन्दा पनि प्रहरी निरिक्षक कुर्मीले उल्टै पिडितलाई हो हल्ला तथा दुर्वयवहार गरेपछि आफूहरुले बाध्य भएर थुनदिन्छु भनेर सम्झाई बुझाई गरेपछि विवाद हल्का रुपमा परिवर्तन भएको थियो ।

 

मालपोत कार्यालयमा नियुक्ती गर्नका लागि पठाएको टिप्पनी ।
मालपोत कार्यालयमा नियुक्ती गर्नका लागि पठाएको टिप्पनी ।

त्यती मात्र नभएर मालपोतका प्रमुख गिरीले बाराकै सिम्रौनगढ नगरपालिका वडा नंं. २ का ताराचन्द साहसँग एक काम गरिदिनका १० लाख घुस मागेको आरोप लगाउदै विज्ञप्ती नै जारी गरेका छन् । साहको मालपोत कार्यालयको मुद्दा फाँटमा रहेको फाईलमा आफ्नो पक्षमा काम गरानका लागि मालपोतका प्रमुख गिरीले १० लाख घुस मागेको थियो भनि आरोप लगाएको छ । मालपोतका प्रमुख गिरीले १० लाख बुझाए मात्र तिम्रो पक्षमा काम गर्ने गरेको रहेको छ । घुस वापतको रकम मालपोतका प्रमुख गिरीका छिमेकी नातामा भतिजो पर्ने रामचन्द्रको नम्बर ९८४१९४५०३७ मा सम्पर्क गरेर उनले भनेको व्यक्तिको नाममा सो रकम बुझाएपछि तिम्रो काम गर्ने भनेको रहेको छ ।

 

 

साहले पनि मुद्दा आफ्नो पक्षमा पार्न मालपोतका प्रमुख गिरीका भतिजो रामचन्द्रसँग कुरा गरी के कसो गर्नुपर्ने भनी बुझँदा मालपोतका प्रमुख गिरीका भतिजो रामचन्द्रले आफ्ना चिनजानका अर्का व्यक्तिको खाता नम्बर दिएको रहेको छ ।

सम्झैता समेत तयारी गरी एकतर्फबाट सहि हस्ताक्षर भईसकेको प्रमाण ।
सम्झैता समेत तयारी गरी एकतर्फबाट सहि हस्ताक्षर भईसकेको प्रमाण ।

 

यि सबै विवादका विषयमा मालपोतका प्रमुख गिरीसँग प्रतिक्रिया लिदाँ आफूले कोहि कसैसँग घुस नलिएको दावी गर्नुभयो । घुस नलिएको हो भने किन कर्मचारी नियुक्ति गर्दा टिप्पटी उठाउनुभयो ? किन टिप्पनी सदर भयो ? वा पिडित चौधरीले हामीलाई उपलब्ध गराएको प्रमाणहरु के किर्ते हो त ? जस्ता प्रश्न गर्दा मालपोतका प्रमुख गिरीका अनुसार चौधरी तथा साहले संचारकर्मीहरुलाई बुझाएको कागजात किर्ते नभएको स्वीकार गर्नुभयो ।

 

 

मालपोतका प्रमुख गिरीले अझै थप्नुभयो , केन्द्रमा नागरीक उन्मुक्ति पार्टी सरकारमा रहेको छ , तिनै पार्टीका नेता आफूले काम गर्ने मन्त्रालयको मन्त्री रहेकाले सो पार्टीका बारा जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले एक – दुई वटा हाम्रो पनि कर्मचारी नियुक्ति गर्नुपर्छ भनेपछि अगाडी बढेको थिए । तर कर्मचारी भर्ना गर्नका लागि माथिबाट नै बजेट नपठाएकाले नियुक्ति नगरिएको जानकारी दिनुभयो । नियुक्ति नगरेको कारणले आफूलाई बदनाम गर्नका लागि यो सबै गरेको आफूले बुझेको सुनाउनुभयो ।

 

 

पिडित चौधरीको आरोप पत्र ।
पिडित चौधरीको आरोप पत्र ।

त्यसैगरी साहले लगाएको आरोपमा रामचन्द्र भनेपछि तपाईको छिमेकी र भतिजो हैनन् त भन्ने प्रश्नमा मालपोतका प्रमुख गिरीले भन्नुभयो , रामचन्द्र मेरो छिमेकी र नातामा भतिजो पर्छ । तर रामचद्रले किन यस्तो भनेको त्यो कुरा आफूलाई जानकारी नभएको भनी पन्छिन खोज्यो । मालपोतका प्रमुख गिरीले आफूले प्रक्रियासंगत काम गरेको दाबी गर्दै कोहि कसैसँग घुस नमागेको बताउनुभयो । तर पिडितहरुले संचारकर्मीहरुलाई दिएको प्रमाणहरु स्पष्ट हन्छ मालपोतका प्रमुख गिरीले घुस लिएकै हौ , मागेकै हो , यस विषयमा सम्बन्धीत निकायको समयमै ध्यान आकर्षण हुन जरुरी देखिन्छ ।

Leave a Reply