सिमरा,जीतपुरसिमराको डुमरवानास्थित राष्ट्रिय विभुति सामुदायिक शिक्षा सदनबाट एसईई परीक्षा दिइरहेकी एक छात्राको बुधवार मृत्यु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ हात्तीसारका हेमन्त खड्काकी १७ वर्षीया छोरी सन्ध्या खड्काको मृत्यु भएको हो । उनको मृत्युको कारण खुल्न सकेको छैन् । एसईई परिक्षाको तयारी गरिरहेका बेला उनी अचानक अस्वस्थ बनेकी थिईन् । विद्यालयकै उत्कृष्ट छात्रामा पर्ने उनी विज्ञान विषयको परीक्षा सकेर बिहिवार हुने परिक्षाको तयारी गरिरहेकी थिईन् ।विद्यालयमै परीक्षाको तयारी कक्षा चलिरहेका बेला उनले आफूलाई सास फेर्न गाह्रो भएको बताएपछि शिक्षकले स्थानीय मेडिकलमा पु¥याएका थिए । मेडिकलका चिकित्सकले तत्कालै अक्सिजन लगाउनुपर्ने बताएपछि सिमरास्थित अल्पाईन अस्पताल ल्याइएको थियो ।स्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । चिकित्सकका अनुसार अस्पताल ल्याउँदा उनको मृत्यु भईसकेको थियो । छात्राको शव शल्यपरीक्षणका लागि वीरगन्ज लगिएको छ । छात्राको निधनपछि शोकमा डुबेका स्थानीयले समयमै अक्सिजन दिन नसक्दा दुखद् घटना भएको बताएका छन् । डुमरवानामा अक्सिजनसहितको स्वास्थ्य सेवा नभएका कारण सिमरा ल्याउनुपरेको र त्यहीबीचमा छात्राको निधन भएको बताइएको छ ।डुमरवानामा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा समेत अक्सिजन सेवा उलपब्ध छैन् । साथै साँझ ५ बजे बन्द हुने उक्त केन्द्रबाट २४ घण्टे सेवा प्रवाह नहुँदा डुमरवानाबाट बिरामीलाई सिमरा, वीरगन्ज लैजानुपर्ने बाध्यता छ ।




















