हुनत केही उधोगीहरुले उधोग पहिला कि बसोबार पहिला भनेर धेरै ठाउँमा कुरा उठाएको देखिन्छ । स्वभाविक रुपमा उधोग भन्दा अगाडि बसोबास नै हो । मानिसको बसोवास भएपछि उधोग स्थापना भएको हो । उधोगका लागि काम गर्ने मान्छे पनि त्यही समाजको हुने भएकाले मानिस र उधोगको सम्बन्ध पनि सुमधुर नै हुनु पर्दछ । उधोगको नराम्रा कुराहरु मात्रै बाहिर ल्याएर पनि हुदैन ।

 

त्यसैले पनि उधोगले आफूले गरिरहेको गतिबधिहरुका बिषयमा ध्यान र ख्याल गर्न आवश्यक छ । त्यसो त स्थानीयहरुले पनि यस बिषयमा चासो दिन आवश्यक छ । आफ्नो गाउँठाउँको उधोग बिस्थापित गर्ने नीति पनि स्थानीयहरुले लिनुहुन्न र उधोगले पनि स्थानीयहरुले झेल्न परिरहेको समस्याका बिषयमा चासो दिन आवश्यक छ। उसले चासो दिदै स्थानीयहरुको कुरा सुन्न पनि आवश्यक छ ।

 

 

बाराको मनहर्वामा रहेको रिलायन्स सुगर मिलले स्थानीयहरुको समस्याप्रति गम्भीर नभएको गुनासो र आरोप लागेको छ । यस तर्फ तत्काल उधोगले ध्यान दिन आवश्यक छ । स्थानीयहरुको मागका बिषयमा पनि चासो दिन आवश्यक छ । स्थानीयहरुले पनि बिरोधका लागि बिरोध गर्न हुन्न ।

Leave a Reply