सिमरा,व्यवस्थित पार्किङ्ग तथा ट्राफिक सचेतनाको लागि सिमरा बुधवार बिहान प्रभातफेरि गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा ईलाका प्रहरी कार्यालय सिमरा, ईलाका प्रशासन कार्यालय सिमरा, जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघ, जीतपुरसिमरा वडा नम्बर १ र २ को सयुक्त आयोजनामा प्रभातफेरि निकालिएको हो ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमराबाट निकालिएको प्रभातफेरि सिमरास्थित वीरगन्ज– पथलैया व्यापारिक मार्ग अन्तरर्गत ६ लेनको सडक हुँदै जगदम्बा स्टिल कारखानाको मूलगेट अगाडिबाट पुनः सिमरा चौकमा फर्केर कोणसभामा परिणत भएको थियो ।
जीतपुरसिमरा उपमहानगरमा पर्ने ६ लेनको व्यापारिक मार्गको सर्भिस लेनमा अव्यवस्थित रुपमा विभिन्न सवारी र ढुवानीका साधनहरु पार्कि¨ गरिरहेका कारण पैदल तथा साईकल यात्रीलाई सास्ति हुने गरेको तथा दुर्घटनाको जोखिम बढेको सर्वसाधारणले गुनासो गरेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले राजमार्गकै छेउमा ठूलो क्षेत्रफलको जग्गाको खोजी गरिरहेको बताउनुभयो । उहाँले व्यवस्थित पार्कि¨सहित मुख्य सड्कमैं छाडा छोडिएका छाडा चौपायाको समेत व्यवस्थापनका लागि आफूहरु लागि परेको बताउनुभयो ।
यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठले ६ लेन सड्कको सर्भिस लेनमा अव्यवस्थित तरिकाले तरकारी, फलफुल तथा ठेलाहरु राखेर व्यापार गरिरहेकाले सोको व्यवस्थापन गर्न सिमरास्थित तरकारी बजारमा प्रभातफेरि निकालिएको बताउनुभयो । साथै यस क्षेत्रका मयुरी र अटोलाई व्यवस्थित पार्कि¨का लागि वडा कार्यालय नजिकैको खाली जग्गामा व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय विभिन्न विद्यालयमा अध्ययनरत छात्रछात्राहरूले सडक पेटीमा गरिएका पार्किङ्ग छिटो हटाइनुपर्ने यातायात व्यवस्थित गर्न नसक्दा हुने घटनाको जिम्मेवारी सम्बन्धित निकायले नैं लिनुपर्ने, ट्राफिक लाईट तुरुन्त सञ्चालन गरिनुपर्ने जस्ता माग गरेका थिए । उनीहरुले ट्राफिक नियमको पालना गरौं, जेब्रा क्रसिङ्गबाट बाटो काटौं, आफ्नों ज्यानको सुरक्षाका लागि आफैले ध्यान दिऔं, सड्क बत्तिको ख्याल गरी बाटो काटौं भन्ने जस्ता जनचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
प्रभातफेरिमा जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख पौडेल, नगर उद्योग वाणिज्य संघ अध्यक्ष मोहन शर्मा लामिछाने, वडा नं. २ का वडाध्यक्ष श्रेष्ठ, ईलाका प्रशासन कार्यालय सिमराका प्रशासन अधिकृत मोहन अर्याल, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायाब उपरीक्षक युवराज तिमल्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख एवंम् ट्राफिक प्रहरी निरीक्षक सुदर्शन थापा, सिमरास्थित नेरामावि, ब्राईटर एकेडेमी, सिमरा पव्लिक ईङ्गलिस स्कुल, सिमरा कलेज, सेन पिटर्स एकेडेमी लगायत बिभिन्न विद्यालयका छात्रछात्रा, राजनीतिक दलका कार्यकर्र्ता तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।



















