कलैया,बारा क्षेत्र नं. ३ (१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार रविन्द्रदास श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ आठ सय ८६ मतको मतान्तरले निर्वाचित हुनुभएको थियो ।
श्रेष्ठले आठ हजार एक सय ९५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी मुकेश साहले सात हजार तीन सय ९ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भरतबहादुर खड्काले पाँच हजार सात सय ६ मत प्राप्त गर्नुभयो । श्रेष्ठको जितसंगै बारामा एमालेले दुई वटा प्रदेशसभामा जित हात पारेको छ । यसअघि बारा ४(१) मा देवनारायण चौधरी निर्वाचित हुनुभएको थियो ।
यसैगरी बाराका चार वटा प्रतिनिधिसभामध्ये बारा क्षेत्र नं.४ अन्तिम मतपरिणाम आईसकेको छ भने अन्यमा मतगणना जारी छ । बारा ४ मा नेकपा एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् ।