चन्द्रपुर,हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको रौतहटको चन्द्रपुरमा गाढिएको टावर ढल्किएको छ ।चन्द्रपुरपश्चिमको जंगलमा रहेका ४ वटा टावरको जगमा कसिएको नटबोल्टु अज्ञात समुहले चोरेर लगेपछि टावरहरु ढल्किएका हुन । टावर ढल्किएपछि चन्द्रपुर–लमाहा खण्डमा पर्ने ४ वटा टावर जोखिममा परेका छन । चारसुरे पुलदेखि ठूलो ढोबीचको जंगल क्षेत्रमा रहेका ४ वटा टावर ढिल्किएर बाङ्गो भएको छ । ४०० केभि को टावरमा समस्या देखिएपछि नजिकैबाट गएको २०० केभिए प्रशारण लाइन र ३३ केभिए प्रशारण लाइनको तार र पोल पनि जोखिममा परेको छ ।टौंडा–ढल्केबर–इनरुवासम्म ७ सय ९२ वटा टावर निर्माणाधिन अवस्थामा छन । नटबोल्टु चोरी भएपछि टावर ढल्ने अवस्थामा रहेको आयोजनाका निर्देशक श्यामकुमार यादवले बताउनुभयो ।टावरको जगको नट चोरी भएपछि टावर ढल्ने अवस्थामा रहेको र टावर चाडै मर्मत गर्ने निर्देशक यादवले बताउनुभयो । टावरको नट खोलेर चोरी गर्ने समूहलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको पनि उहाँले बताउनुभयो ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो प्रशारण लाइनको टावर निर्माण गर्न भारतीय ऐन्जेलिक इन्टरनेसनल लिमिटेड विस २०७० सालमा ठेक्का सम्झौता गरेको थियो ।१६ अर्ब लगानीमा निर्माण भैरहेको योजनाको काम ३० महिनाभित्र सक्नुपर्नेमा १० वर्षमा पनि सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ ।आयोजनाको म्याद थप गरेर पछिल्लो पटक २०८१ सालभित्र काम सम्पन्न गरिसक्नुुपर्ने सम्झौता गरिएको छ ।


















