सिकिन्द्र साह
सिम्रौनगढ – बाराको पचरौतामा एक दिने चलेको शिविरमा एक सय पाँच जनाले छोरी शिक्षा बिमा गरेका छन् । प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतको कार्यक्रम बेटि पढाउ बेटि बचाउ अन्तरगर्त बाराको पचरौता नगरपालिकामा बुधबार चलेको एक दिने शिविरमा एक सय पाँच जनाले छोरी शिक्षा बिमा गरेका छन् ।
नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुखले बोल्दै संघीयता आए पछि देश भरिमा सबै भन्दा राम्रो काम बेटि पढाउ बेटि बचाउ अभियान नै उपयुक्त रहेको जानकारी दिए । प्रदेश नम्बर २ मा छोरा , छोरीलाई सम्मान रुपले नहेर्ने , छोरीलाई हेला गर्ने जस्ता कार्यलाई रोक्नका लागि मुख्य मन्त्री राउतले यो अभियान सुरु गरेको बताए ।
अन्य प्रदेशबाट भिन्न प्रदेश नम्बर २ रहेकोले छोरीलाई छोरा सरह ब्यहार गर्नको लागि र बालबिवाह दाइजो प्रथा अन्त गर्नको लागि मुख्य मन्त्रीले यस्तो खालको योजना ल्याएको बारे नगर प्रम्ख यादवले सुनाए । त्यसैगरी छोरी बिमा जिल्ला संयोजक रामप्रवेश यादवले बोल्दै बारा जिल्लाको १६ स्थानिय तह मध्ये १० औ स्थानमा छोरी शिक्षा बिमा पचरौता नगरपालिकामा भइरहेको जनाए । छोरीलाई पुर्ण शिक्षित र पुर्ण रुपले शारीरिक बिकास गर्न प्रदेश सरकारको गुरु योजना रहेको समेत बताएका थिए ।
वडा नम्बर १ देखि ५ सम्ममा एक सय पाच जना छोरीको छोरी शिक्षा बिमा भएको बारे पचरौता नगरपालिकाका लेखापाल द्धारिक चौधरीले जानकारी दिए । कार्यक्रमकामा जगतनरायण प्रसाद यादव , मनोज यादव, वडा अध्यक्ष दिनानाथ सहनी , मखबुल मिया अन्सारी , शिक्षा शाखा संयोजक प्रमोद प्रसाद यादव , स्वास्थ संयोजक नवल प्रसाद यादव , समाजसेवी कुसेसवर प्रसाद साह , किशोरी प्रसाद यादव लगायत स्थानिय भद्र भलादमिहरुको सहभागीता रहेको थियो ।