कलैया,निषेधाज्ञा उल्लंघन गरेर चलाइएका ९२ वटा सवारी साधनलाई बारा प्रहरीले कारबाही गरेको छ । प्रहरीले ७२ मोटरसाईकल, १६ अटो र ४ वटा चारपांग्रे सवारी साधनलाई कारबाही स्वरुप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । त्यस्तै २६ जना मान्छेलाई पनि संक्रामक रोग ऐन २०२० अनुसार कारबाही स्वरुप जरिवाना काटेर पठाइएको उहाँले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई भने राख्ने स्थान अभावका कारण अर्को पटक नचलाउने शर्तमा कागज गरेर छाडिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।

Leave a Reply