राजकुमार यादव

गौर,नेकपा एमालेले रौतहट सदरमुकाम गौरमा सोमवार आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौं कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन । कार्यक्रममा लोसपा, नेपाली कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनमत पार्टी र जसपाबाट हजारौंको संख्यामा नेता तथा कार्यकर्ता नेकपा एमालेमा पार्टी प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा लोसपाका केन्द्रीय नेता तथा गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजयकुमार गुप्ता, केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य चन्दन साह, नेपाली काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र गढीमाई नगरपालिकाकी पूर्वउप प्रमुख सुभद्रा गुप्ता, माओवादी पार्टीका भोला पाण्डे लगायतका नेताहरु एमालेमा प्रवेश गरेका हुन ।

नेकपा एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने पार्टी भएको भन्दै अध्यक्ष ओलीले जबसम्म अन्य दलहरु भ्रष्टाचारमा लिप्त भएर जनविरोधी काम गरिरहन्छन तवसम्म एमालेमा प्रवेश गर्नेहरुको लहर जारी रहेने ओलीले बताउनुभयो ।

एमाले अध्यक्ष ओली निर्धारित समयभन्दा ३ घण्टा ढिलो रौतहट सदरमुकाम गौर आइपुग्नुभएको थियो । प्रतिकुल मौसम र ठूलो बर्षाको कारण ओली चढेको सिम्रिक एयरको हेलिकप्टर बाराको सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । गौरको ब्यारेक मैदानमा पार्टी प्रवेश सभाको आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here