निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरका ओमप्रकाश (ओम) गुरोलाई अदालतले तोकेको सजाय भुक्तानी गराउन प्रहरीले वीरगन्ज कारागार पठाएको छ ।

ठगी मुद्दामा ३ वर्ष ५ महिना कैद फैसला भएपछि फरार रहदै आएका गुरोलाई पक्राउ गरेर आइतवार जिल्ला प्रहरी कार्यालय बारामार्फत वीरगन्ज कारागार चलान गरिएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

जिल्ला अदालत बाराले गुरो विरुद्ध ०७७ चैत्र २५ गते कैद फैसला सुनाएको थियो । अदालतको फैसलापछि लुकिछिपी बस्दै आएका गुरोलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिब ओलीले जानकारी दिनुभयो ।

त्यसैगरी निजगढ प्रहरीले फरकफरक मुद्दाका थप जना फरार प्रतिवादीलाई पनि पक्राउ गरेर कैद सजायको लागि आइतवार कारागार पठाएको छ । निजगढ नगरपालिका वडा नम्बर ११ बस्ने ५२ वर्षिय फरार अभियुक्त अधिराम गुरो र जिल्ला रौतहट गुजरा नगपालिका जंगलसैया निवासी ६८ वर्षिय कृष्ण महत्तोलाई पनि कारागार चलान गरेको हो । अधिराम वन मुद्दाका फरार प्रतिवादी हुन भने महत्तो लागु औषध मुद्दामा सजाय फैसलापछि फरार रहदै आएका थिए ।

जिल्ला अदालत बाराले २०७० साल पौष १२ गते गुरो विरुद्ध १० हजार २७५ रुपैंयाँ जरिवाना र एक महिना कैद सजाँय सुनाएको थियो । यस्तै महत्तोविरुद्ध ५ हजार जरिवाना सहित १० महिना २३ दिन कैद फैसला भएको थियो । अधिराम र कृष्णलाई निजगढ प्रहरीले निजगढ १३ भक्तलाल र शक्ति खोला नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो ।

 

Leave a Reply