सिमरा,जीतपुरसिमरा उपमहानगरले मंगलवार विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीलाई प्रोत्साहन गरेर सिकाइको गुणस्तर वृद्धि गर्न उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक कार्यक्रमकोबीच २०७९ मा कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको हो ।कार्यक्रममा उपमहानगरपालिकाले सामुदायिक विद्यालयका ४ जना र संस्थागत विद्यालयका ५ जना विद्यार्थीलाई सम्मान गरेको हो । कार्यक्रममा नगर प्रमुख राजन पौडेलले सामुदायिक विद्यालयतर्फ ३.५ जीपीए ल्याएर प्रथम हुने नेपाल राष्ट्रिय नमुना मावि सिमराकी ईशा थापा मगर, ३.४८ जीपीए ल्याएर व्दितीय हुने विक्रम आधारभूत विद्यालय बसतपुरका प्रशान्त सहनी र ३.३८ जीपीएसहित तृतीय हुने जनजागृति मावि सखुवाघाटका सुशिलकुमार पटेल तथा नेरा नमुना मावि सिमराका पृथ्वीराज चौधरीलाई शैक्षिक सामग्रीसहित नगद पुरस्कार प्रदान गर्नुभएको थियो । ।यसैगरी संस्थागत विद्यालयतर्फ ३.८५ जीपीए ल्याएर प्रथम हुने सफल होराइजन विद्यालयका अमनकुमार यादव, ३.७८ ल्याउने पाथिभारा अंग्रेजी स्कुलका छात्र सन्देश घिमिरे, सेन्ट जोन्स एकेडेमीका राहितकुमार पटेल र बारा एकेडेमीका निशिका बस्नेतलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।विद्यालयतर्फ भने शतप्रतिशत नतीजा ल्याउने वडा नम्बर १७ मा रहेको मिसन एकेडेमी उचिडीलाई नगर प्रमुख पौडेलले नगद ५ हजार प्रदान पुरस्कार गर्नुभएको थियोजीतपुरसिमरा उपमहानगरपालिकाले यस वर्ष आधारभुत तह कक्षा ८ को अन्तिम परीक्षा आफैले संचालन गरेको थियो ।
















