सिमरा,नेपाल–भारत पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम छिट्टै सुरु हुने भएको छ । शुक्रबार र शनिबार नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारीहरू बीच भारतमा भएको छलफलमा यस्तो समझादारी भएको नेपाल आयल निगमले जनाएको छ ।

परियोजनाअन्तरगत नेपालतर्फको पाइपलाइनको अन्तिम बिन्दू अमलेखगन्जमा ४१–४१ हजार लिटरका २ वटा भण्डारण ट्यांकी निर्माणको काम बाँकी छ । निगमका नयवकार्यकारी निर्देशक सुशील भट्टराई नेतृत्वको टोली र भारतीय अधिकारीबीच भएको छलफलमा भदौ अन्तिमदेखि परियोजनाको दोस्रो चरणका काम थाल्ने प्रतिबद्धता भारतीय अधिकारीहरुले जनाएको वार्तामा सहभागी निगमका वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताउनुभयो ।

मोतीहारी अमलेखन्ज पेट्रोलियम पाइपलाइन परियोजनको दोस्रो चरणको काम अन्तरगत ८२ हजार लिटर क्षमताका २ वटा भण्डार ट्यांकी र त्यसमा इन्धन लोड अनलोडको पूर्वाधार बजनाउन बाँकी छ । ४१ किलोलिटर क्षमताको एउटा ट्यांकी निर्माणका लागि भारतीय आयल कर्पोरेसन र दोस्रोको लागि नेपाल आयल निगमले लगानी गर्ने समझादारी छ । २ वटा पेट्रोल ट्यांकीमा २४ वटा लोड अनलोड–वे निर्माण पनि हुनेछ । फेज २ को लागि काम सुरु गर्न भारतीय पक्ष तयार भएको र सन् २०२४ को जनवरीसम्म आयोजना पुरा गर्ने लक्ष्यसाथ काम अघि बढाउन भारतीयहरु अघि बढिसकेको प्रमुख गोहितले बताउनुभयो ।

दोस्रो चरणको आयोजनाको काम सम्पन्न भएपछि पाइपलाइनमार्फत नेपालमा पेट्रोल ल्याउने बाटो खुल्नेछ । भण्डारण ट्यांकी निर्माणका लागि आवश्यक प्लेट पाताहरु नेपाल ल्याउने काम आईओसीले सुरु गरिसकेको पनि उहाँले बताउनुभयो । आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने निगम वित्तिय रुपले कमजोर भएकाले तत्काल नेपालले लगानी गर्ने अवस्था नरहेको बताउनुभयो । नेपाल र भारतको लगानीमा मोतीहारी अमलेखगन्ज ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन २०७६ भदौ २४ गतेबाट सञ्चालनमा आएको थियो । पाइपलाइन निर्माणका लागि भारतले ५ अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here