राष्ट्रिय आन्दाेलनमा थारुकाे बाक्लाे उपस्थिति ।

कलैया – नेपालको राजनितिक हिसाबले हेर्ने हो , भने सबै भन्दा पुरानो संगठन थारु कल्याणकारीणी सभा नै रहेको छ । थारु कल्याणकारीणी सभा दर्ता भएपछि मात्र नेपाली काँग्रेस , नेपाल कम्युनिष्ठ पार्टी क्रमश दर्ता भएको कुरा सबैमा जानकारी नभएको हैन । तर थारु समुदायको लागि सधै वकाल गर्नको लागि दर्ता गराएका संस्थामा फोहोरी राजनितिक छिरेकै कारणले थारु समुदायको हकअधिकार , माग , मुद्दालाई राज्यले दबाएको भन्नु पर्दा केहि नपर्ला । ईतिहास गवाह नै छ । यसरी भन्नुपर्दा थारु समुदायलाई राज्यले विभेद गरेकै हो ।

 

 

 

 

तर थारु समुदायको नेता मन्त्री नभएको हैन । सतामा थारु समुदायका नेताहरु पुग्दा सबै आफ्ना समुदायले उठाएका माग र मुद्दा बिर्सने गर्दछन् । यसमा दुई मत नै छैन् । थारुले आफ्ना हक अधिकारको लागि अहिले संघर्ष गर्दै गरेको छ । नेपालको तराईका जिल्लाहरुमा थारु समुदायको बसोबास रहेको छ । तर थारु समुदायमा भने एकरुपता चाहि नदेख्ने गरेको पाईन्छ । सायद यसै कारणले थारु समुदायको माग , मुद्दालाई राज्यले सजिलै दबाउन सकिन्छ होला ।

 

 

 

 

 

सदियौं देखिको शोषण, दमन, विभेद असमानता र उत्पीडनको पीडाबाट मुक्ती खोज्दै अधिकारका लागि उठेको शान्तिपूर्ण थरुहट आन्दोलनको संघर्षमयी यात्रा १३ वर्ष पुरा भइसकेको छ । थारुले उठाउदै आएका जायज एवम् न्यायपूर्ण माग, मुद्दा एवम विशुद्ध संविधानको अन्तरबस्तु संग रहेका अधिकारका १४ बुँदे मुख्य राजनीतिक मागहरु अहिलेसम्म सरकारले सम्बोधन गरेको अवस्था छैन ।

 

 

 

अहिले थारुहरुले आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि २ दिन चक्का जाम गर्ने निर्णय ग¥यो । सोहि अनुसार थरुहट/ थारुवान राष्ट्रिय मोर्चाले थारु समुदायको बसोबास भएको जिल्लामा पनि सर्कुलर गरियो । त्यसैगरी ट्रक तथा यातायात व्यवसायी संघ , उद्योग तथा कलकारखाना , निजी तथा सरकारी विधालय लगायत अन्य विभिन्न स्थानमा आन्दोलनलाई सफल पार्नको लागि तथा एकब्द्धता जनाउनको लागि पत्रचार ग¥यो ।

 

 

 

 

थरुहट/ थारुवान राष्ट्रिय मोर्चाले गरेको सर्कुलर अनुसार सबै जिल्लामा भ्याएसम्म थारु अगुवाहरुले आन्दोलन ग¥यो । समग्र थारुकोे हक अधिकारको लागि केही थारुले आन्दोलन गर्दा पनि थारुको हकमा वकालत गर्ने संस्था थारु कल्याणकारी भने अहिले कानमा तेल हालेर बसेको देखिन्छ । थरुहट/ थारुवान राष्ट्रिय मोर्चाले गरेको सर्कुलर अनुसार बाराका केहि थारुहरु आन्दोलन ग¥यो । केहि बेरका लागि कलैयामा चक्का जाम पनि ग¥यो । तर थारु कल्याणकारीणी सभाको उपस्थिती भने देखिएनन् । यसैले प्रमाणित हुन्छ , बाराका थारुमा घर फुटे गवार लुटे ।

 

 

 

 

 

 

मोर्चाले संघीय सांसद रेशमलाल चौधरीको रिहाइ सहित १४ बुंदे माग सरकार समक्ष राखि २ दिन थरुहट तराई क्षेत्र बन्दको आह्वान गरेको थियो । फाल्गुन २० र २१ गतेको बन्दमा आन्दोलनकारीको उपस्थिति बाक्लो रहेको थियो । देशैभर एकैपल्ट बन्द गर्दा भौतिक क्षति हुने धेरैले अनुमान गरेका थिए तर छिटफुटका घटना बाहेक बन्दको कार्यक्रम शान्तिपूर्ण रहेको मोर्चाले बताएको छ । सरकारले आफ्नो माग सुनुवाई नगरे थप शसक्त आन्दोलन गर्ने मोर्चाले बताएको छ ।

 

 

फाल्गुन १ गतेदेखि आन्दोलनको कार्यक्रम घोषणा गरेको मोर्चाले दोश्रो चरणमा बन्दको कार्यक्रम आयोजना गरेको थियो । मोर्चाको बन्दको क्रममा कंचनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलबस्तु, रुपन्देही, नवलपरासी, बारा, सप्तरी, उदयपुर लगायतको जिल्लामा प्रहरी संग सामान्य भनाभनको स्थिति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here