बाराको निजगढ क्षेत्र प्राकृतिक रुपमा निकै सम्पन्न पनि छ । त्यस आसपासका नागरिकहरुले आफ्नो जीवनयापन सहज रुपमा पनि कटाइ रहेका छन् । तर पछिल्ला केही वर्षदेखि भने विमानस्थलको नाउमा निजगढ क्षेत्रका नागरिकहरुको भावनामाथि खेलवाड गरेर राजनीतिक स्वार्थ पूर्ति गर्ने मात्रै काम भइरहेको छ । विमानस्थलको बारेमा कुनै बेला कोही मन्त्री भए भने एउटा कुरा गर्छन् अनि अर्को मन्त्री हुने बित्तकै अर्को कुरा गर्छन् ।
नेता र मन्त्री पिच्छेका कुराले यस क्षेत्रका नागरिकहरुको विमानस्थल बन्ने सपनामाथि सधै तुषरापात भइरहेको छ । राजनीतिक स्वार्थका लागि हुने सत्ता परिवर्तनको चेपुवामा नराम्रोसंग निजगढ विमानस्थल गिजोलिएको छ । अहिले फेरि यसै क्षेत्रका मन्त्री बनेका एक व्यक्तिले फरक कुरा गरेका छन् । उनको कार्यकालमा निजगढमा विमानस्थलको नाउमा लगभग सिन्को भाँचिने संभावना छैन ।
तर पनि उनको तर्क भने अचम्मको छ । वनमन्त्री हुनु अगाडि उनको कुरा अर्को थियो वनमन्त्री भएपछि उनको कुरा फरक छ । साच्चै उनले निजगढमा केही होस् भन्ने चाहान्छन् भने उनी बाधक नभइ साधक बन्नु पर्दछ तर उनले पनि राजनीतिक भाषा बोलेका कारण फेरि पनि विमानस्थलको नाउमा निजगढवासीमाथि अन्याय हुने निश्चित छ ।
















