पछिल्ला दिनमा नेपालमा घटिरहेका घटनाक्रमहरुलाई सरसर्ती ब्यवस्था गर्ने हो भने नेपाली समाज मानवता बिरोधी समाजको रुपमा स्थापित पो हुदैछ कि भन्ने देखिन्छ । नेपाली समाजमा मानवियता कमजोर बन्दै गएको कुरा केही घटनाक्रमहरुले पनि स्पष्ट पार्दछन् । त्यसो त मानवताको खडेरी त बिश्वमा नै कम हुदै गइरहेको छ त्यसको तुलनामा नेपालमा पनि कम भइरहेको छ ।
समाजमा छोरी हत्याको अभियोगमा आमा,बुवा नै पक्राउ पर्न थालेपछि कसलाई के भन्ने ?छोरी त आमाले जन्माएकी हुन्छे नि । आमा भनेको ममताको खानी हो । नेपाली महिलाहरुमा अहिले नै मानवीयता सकियो भन्ने ठाउ छैन बरु पुरुष स्वभाविक रुपमा पाखण्डी छन् तर महिला त्यो तुलनामा कम छन् तैपनि समाजमा हुने केही गतिबिधिले भने एक पटक सोच्न बाध्य सबैलाइ बनाउछ ।
पर्सा प्रहरीले छोरी हत्याको अभियोगमा आमालाई पक्राउ गरी सार्वजनिक गरेको छ । त्यसो त घटनामा अन्य ब्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको छ तर आमाकै संलग्नताले मानवीयतामाथि गम्भीर प्रश्न उब्जाइ दिएको छ। आखिर कहाँ जाँदैछ तर हाम्रो समाज भन्ने कुरा पनि यसले देखाएको छ । यस्तो समाजको कल्पना हुनु दुखद हो ।