पुष्पराज खतिवडा
मनहर्वा,कलैया–पिलुवा सडकखण्डको बडहर्वामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परि ३ जना घाइते भएका छन् । बुधबार अपरान्ह ३ बजे जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८को बडहर्वा चोकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुर्घटना भएको हो ।
टाँगियाबस्तीबाट जैतापुर हुँदै सिमरा जाँदै गरेको बा २६ प ९३५१ र पिलुवाबाट कलैया जाँदै गरेको प्रदेश २०३०१७ पा ३७०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर– १६ टाँगियाबस्तीका २२ बर्षिय दिनेश पाण्डे गम्भीर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । बा २६ प ९३५१ मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षका सुनिल पाण्डे र अर्को प्रदेश २ ०३०१७ पा ३७०२ मोरसाइकलमा सवार पचरौता नगरपालिका वडा नम्बर– १ का २५ वर्षका लखिन्द्रकुमार महतो सामान्य घाइते भएका छन् ।
उनीहरुको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।