पछिल्लो समय नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल (प्रचण्ड)ले लगभग सरकारलाई पूर्णता दिएका छन् ।उनले तेश्रो पटक मन्त्रिपरिषदलाई बिस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन् । गत पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन २६ गते भने एमालेसंगको सहकार्य तोड्दै काँग्रेससँग सहकार्य गरेका थिए । काँग्रेससंगको सहकार्यपछि देशको राजनीति नै फरक बाटोमा मोडिएको छ । नीति र सिद्धान्तको दृष्टिले विपरीत दलहरुको सहकार्य देखिएपनि प्रधानमन्त्री प्रचण्डको लागि अहिलेको कांग्रेससंगको सहकार्य एमालेसंगको भन्दा तुलनात्मकरुपमा सहज हुने देखिन्छ । कांग्रेस सभापती शेरबहादुर देउवाको सोझोपन अन्य सहयात्री दलहरुको कमजोर जनाधारका कारणले उनलाई एमालेसंग भन्दा काम गर्न सजिलो हुने अनुमान गरिएको हो ।प्रचण्डले यो तीन महिनाको हनिमुन अवधिमा आफूले राम्रोसंग काम गर्न नपाएको कुरा बताउन पाउछन् तर अब चैं यो छुट उनलाई हुदैन । अब पनि काम गर्ने क्रममा प्रचण्डले केही बाहना बनाउछन् भने उनीमा काम गर्ने इच्छा शक्ति छ्रैन भन्ने कुरा बुझ्नु पर्दछ । अब बाहना गर्ने छुट प्रचण्डलाई छैन ।उनका लागि काम गर्ने यो अन्तिम अवसर नै हो । अब उनले लिएका केही लक्ष्यहरु पूरा गर्ने समय आएको छ । यो समय उनका लागि सुनौलो समय हो । यो समयमा उनलाई काम पनि गर्न दिनुपर्छ । अबको कम्तीमा दुई वर्ष चैं प्रचण्डलाई काम गर्ने वातावरण बनाइदिनु पनि पर्छ । अब तीव्र गतिमा काम होस् प्रचण्ड सरकारको ।
















