सिमरा,सरकारले ब्यापार घाटा कम गर्ने उदेश्यका साथ हालै सार्वजनिक गरेको बजेट नितिप्रति पर्यटन तथा होटल व्यवसायीहरुले असहमति जनाएका छन । चुरे उत्खनन र दोहोनबाट निस्कने ढुगा, गिटी, बालुवालगायतका सामानहरु भारत निकासी गर्दा तराई क्षेत्र मरुमुमीमा परिणत हुने पर्यटन व्यवसायी मोहन शर्माको ठहर छ ।

सिमित फाईदाको लागि स्थानीय निकायले चुरे पहाड तथा आसपासका नदी उत्खनन गरी नदिजन्य पदार्थ निकासी गर्ने केन्द्रीय सरकारलेको निति लागू हुने हो भने आगामी दिनमा तराई क्षेत्रमा पानीको हाहाकार हुने शर्माको भनाइ छ । चुरे दोहनले गर्दा पर्यावरण र वन जंगल नष्ट भएका कारण हाल कोभिडको समय जसरी मानिसले कृतिम अक्सिजनकोे खोजीमा भौतारिनु परेको छ आगामी दिनमा यो समस्या थप भयावहक हुने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here