निजगढ,नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीले समाजको लागि योगदान गर्ने व्यक्ति मृत्युपछि पनि अमर रहने बताउनुभएको छ ।

नेकपा एमाले निजगढ १२ नम्बर वडा कमिटीले शनिवार कुलियामा पार्टी कार्यकर्ता एंव संघठित सदस्य किरण श्रेष्ठका पिता टेकलाल श्रेष्ठको स्वार्गारोहणको १३ औं दिनको पूण्यतिथिमा आयोजना गरेको श्रद्धान्जली तथा शोक सभा कार्यक्रममा बोल्दै नेता मैनालीले सो कुरा बताउनुभएको हो । उहाँले जन्म लिएपछि हरेक व्यक्तिले समाजको लागि आफूले सकेको काम गर्नुपर्ने बताउनुभयो । ‘समाजको लागि काम गर्ने व्यक्तिहरु मृत्युपछि पनि स्मरणीय हुन्छन, मैनालीले भन्नुभयो, समाजसेवामा लागेका व्यक्तिहरुको सबैले सम्मान गर्नुपर्छ ।’

नेकपा एमाले. वडा कमिटीका अध्यक्ष युवक मोक्तानको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, निजगढ नगर कमिटी अध्यक्ष एंव नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, एमाले जिल्ला कमिटीका सदस्य दिलबहादुर लामा, लिलादेबी खनाल लामिछानेलगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन नगर कमिटी सचिव तिलक घलानले गर्नुभएको थियो । श्रेष्ठको ७२ वर्षको उमेरमा गत साउन १० गते निधन भएको थियो ।

Leave a Reply