कृष्ण मोहन साह

सेढवा – प्रहरीले पर्साको जिराभवानी गाउँपालिकामा अबैध रुपमा सन्चालनमा रहेको रक्सी भठिहरु मंगलबार फोडेर नस्ट गरेको छ । ईलाका प्रहरी कार्यालय सेढवा का प्रहरी नायब निरीक्षक अरुण रायको नेतृत्व मा गएको प्रहरी टोलिले जिराभवानी गाउँ पालिका वार्ड नम्बर पाच सन्कर सरैया को सखुवनिया मा सन्चालन मा रहेको भठी हरु फोडेर नस्ट गरेको हो ।

 

 

 

प्रहरीले सखुवनिया का स्थानीय गङा महतो कमकड , लक्षमण मुखियाबिन ,मदन मुखिया बिन , दिनानाथ कमकड र जितन माझीले सन्चालन गरेको भठी हरु फोडनु को साथै उक्त रक्सी भठी हरुबाट एकहजार लिटर रक्सी बनाउने कच्चापदार्थ र दुई सय पचास लिटर तैयारी मदिरा र भाडाकुडा बरामद गरि स्थानीय भद्रभलादमि र सन्चारकर्मी हरुको रोहवरमा नस्ट गरिएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरीले नायब निरीक्षक अरुण रायले जानकारी दिनुभयो ।

 

 

 

 

 

केहिदिन एता ग्रामीण क्षेत्रमा अबैध रुपमा सन्चालन मा रहेको रक्सी भठिहरु बाट तैयारी गरिएको रक्सी हरु ग्रामीण क्षेत्र को नाका हुँदै भारत तस्करि भैरहेको सुचना को अधारमा रक्सी भठिहरु अभियान नै चलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here