निजगढ,निजगढ नगरपालिका ६ स्थित बाल विकास आधारभूत विद्यालय धियालटोलमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।विद्यालयका अभिभावकहरुको बिहीवारको भेलाले मानबहादुर सापकोटाको अध्यक्षतामा सर्वसम्मत रुपमा व्यवस्थापन समिति गठन गरेको हो ।समितिको सदस्यमा बैकुण्ठ सिलवाल, धर्मप्रसाद बजगाई, सलिना तामाङ, रन्जु तिमल्सिना र सम्झना स्याङ्तान चुनिनु भएको विद्यालयकी प्रधानाध्यापक बिन्दुकुमारी लामाले जानकारी दिनुयभो ।


















