सिकिन्द्र साह
सिम्राैनगढ – बाराकाे सिम्रौनगढ नगरपालिकामा छाेरी जन्मिए पछि नगरपालिकाले पाँच लाख दिने भएका छन् । नगरपालिकाले संचालन गरेकाे छाेरी शिक्षा बिमा शिविरमा नगर प्रमुख विजय शंकर यादवले छाेरी जन्मिए पछि नगरपालिकाले पाँच लाखले घाेषणा गरेकाे छ । वडा अध्यक्ष दामोदर लाल जयसवालकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर यादवले यस्ताे घाेषणा गरेकाे हाे ।
कार्यक्रममा नगर प्रमुख यादवले बोल्दै बेटि पढाउ बेटि बचाउ अभियानमा प्रदेश नम्बर २ का मुख्य मन्त्री छोरीलाई लखपती बनाउने याेजना सराहनीय ल्याएको छ । हाम्रो समाजमा छोरी हुने बितकै बोझ हुने प्रबृती थिए । सो बिकृतीलाइ अन्तय गर्न र छोरालाई बढि माया गर्न छोरीलाई अपहेलित गर्ने परम्परालाई नै समाप्त गर्न याे नीति लयाएकाेले प्रदेश सरकारले तीन लाख दिने र नगरपालिकाकाे तर्फबाट दुई लाख मिलाउने जम्मा पाँच लाख दिने घाेषणा गरेका थिए ।
त्यसैगरी उप प्रमुखले बोल्दै छोरा छोरीमा बिभेद अन्तय हुने समय आइसकेकाे जनाए । प्रदेश सरकारकाे नितिमा हामी स्थानिय तहका जनप्रतिनिधिहरु छोरी शिक्षा बिमामा सहमतिबाट नै पाँच लाख दिने जनाएका छन् ।
कार्यक्रममा नगर उप प्रमुख रिमा देवि कुशवाहा , वडा अध्यक्ष शंकर साह, ओमप्रकाश ठाकुर , राजेश प्रसाद यादव, हरि शंकर यादव, नगरपालिकाका लेखा प्रमुख सर्मेन्द्र कुमार चौधरी , समाजसेबि जयन्त कुशवाहा , रामबाबु प्रसाद यादव , यस नारायण यादव , नगर स्वस्थ्य संयोजक राजिन्द्र साह , सिम्रौनगढका स्वस्थ्य प्रमुख मनु यादव लगायत स्थानिय भद्र भलादमिकाे सहभागितामा बेटि पढाउ बेटि बचाउ अभियान तथा छोरी शिक्षा बिमा सम्पन्न भएको थिए । एक दिन मात्र संचालन गरेकाे शिविरमा वडा नम्बर ८ , ९ , १० र ११ मा एक सय १४ जनाकाे छोरी शिक्षा बिमा भएको बारे बिमा जिल्ला संयोजक रामप्रबेस यादवले जानकारी दिए । कार्यक्रमकाे संचालन जितेन्द्र प्रसाद यादवले गरेका थिए ।