कलैया,कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद साहले सामुदायिक भवनको उद्धाटन गर्नुभएको छ । प्रमुख साहले उपमहानगरपालिका वडा नम्बर ८ रामपुरमा निर्मित सामुदायिक भवनको शनिवार उद्धाटन गर्नुभएको हो ।

भवनको उद्धाटन गर्दै नगरप्रमुख साहले सामुदायिक भवनमा अपुरा र अधुरा संरचनाहरु पुरा गर्न उपमहानगरले थप २० लाख बजेट दिने प्रतिद्वता पनि जाहेर गर्नुभएको छ । उपमहानगरपालिकाका पूर्ववडा अध्यक्ष डा अख्तर अंसारीले निजी लगानीमा सामुदायिक भवन निर्माणको लागि ४ धुर जग्गा खरिद गर्नुभएको थियो ।

आर्थिक वर्ष ०७८,०७९ मा नगरको ३० लाख र पूर्ववडा अध्यक्ष अंसारीको निजी १४ लाखको लगानीमा ४ धुरमा २ तल्ले भवन निर्माण भएको थियो ।

समुदायमा रहेका गरिव र असहायहरुको परिवारमा हुने विवाह, व्रतबन्ध, भोजभतेर र जमघटको लागि प्रयोग गर्न सकिने उद्देश्यले निजी लगानीमा जग्गा खरिद गरि सामुदायिक भवनको निर्माण गरिएको पूर्ववडा अध्यक्ष अंसारीले बताउनुभयो । समुदायका बासिन्दाहरुले उक्त भवन निशुल्क रूपमा प्रयोग गर्न पाउने उहाँले बताउनुभयो ।

सामुदायिक भवन उद्धाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नेकपा एमालेका नेताद्वय अच्युत मैनाली, अध्यानन्द पाण्डे, वडाध्यक्षलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply