जीतपुर,बाराको परवानीपुर अर्को सातादेखि सुरु हुने झण्डा मेलालाई सभ्य र भव्य रुपमा सम्पन्‍न गर्नका लागि मेला समिति गठन भएको छ ।

परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमाल परवानीपुरमा आगामी साउन १७ गतेदेखि आयोजना हुने मेला व्यवस्थापन गर्न अमिका ठाकुरको अध्यक्षतामा १५ सदस्य मेला समिति गठन भएको हो ।

समितिको अध्यक्षमा उपाध्यक्षमा रामएकबाल यादव, सचिव तपसी साह, सहसचिव मिरहसन हवारी, कोषाध्यक्ष दिनेश साह रौनियार, सह–कोषाध्यक्ष मुन्‍ना हवारी रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा बुनिलाल साह, राजेश सोनार, सिकिन्दर राम, ददन राम, जसमोदिन हवारी, महबुब हवारी, चन्देश्‍वर यादव, कमरुल्लाह हबारी, शिवशंकर राम, नथुनी साह, अवध साह र सलमोदिन आलम रहेका छन् । मेलामा मनोरजनात्मक खेल, तमासा र ख्याति प्राप्‍त कलाकारबाट नृत्य र कुस्तीप्रतियोगिताको पनि व्यवस्था मिलाइएको समितिले जनाएको छ । भण्डा मेला २ दिनसम्म लाग्ने बताइएको छ ।

Leave a Reply