नरेश गुप्ता

बरियारपुर,बाराको सुवर्ण गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई गाउँपालिका अध्यक्ष राजेश यादवले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।

स्थानीय तहको चुनावमा कांग्रेसबाट निर्वाचित यादवले आईतवार जिल्ला न्यायाधीशबाट सपथ लिएपछि सुवर्ण गाउँपालिकामा निर्वाचित उपाध्यक्ष पुनम कुमारी यादव, वडा अध्यक्ष र वडा सद्स्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

शपथ ग्रहण कार्यक्रममा निर्वाचन कार्यालयका अधिकृत एवं गृह मन्त्रालयका उपसचिव शम्भु रेग्मीले जनप्रतिनिधिले जनताको सेवक बनेर काम गर्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिले आफ्नो काम र कर्तव्य पुर्णरुपमा बुझेर कसैमाथि पनि पक्षपात नगरी काम गर्न आग्रह गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष यादवले सपथग्रहण कार्यक्रममा सम्बोधन गर्दै आफ्नो गाउँ आफै बनाउन निर्वाचित जनप्रतिनिधिको ठूलो भूमिका हुने बताउनुभयो । विकास निर्माण कार्यमा ईमान्दारितापूर्वक काम गर्न हाँहाँले सबैसंग आग्रह गर्नुभयो । शपथग्रहणपछि उपाध्यक्ष पुनमकुमारी यादव लगायत जनप्रतिनिधिले कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीबास्तव, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply