वीरगन्ज,पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेग्मी निर्वाचित हुुनुभएको हो । निकटम प्रतिद्वन्द्व नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित गर्दै लालबहादुर बिजयी हुनुभएको हो । लालबहादुरले ४ हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याउनुभयो ।

नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्रीसमेत रहेका बृहस्पतिलाल श्रेष्ठले २ हजार ५ सय ४८ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) का बिष्णु लोप्चनले २ सय १२ मत पाउनुभएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामांगलाई १ हजार २ सय १६ मतले पराजित गर्दै एमालेकी रेग्मी निर्वाचित हुनुभएको छ । रेग्मीले ४ हजार २ सय ५९ मत पाउँदा तामांगले ३ हजार ४३ मत पाउनुभएको छ । नेपाली कांग्रेसकी चीनमाया लामाले २ हजार ४ सय ३१ मत पाएकी छिन् । जसपाकी धना पण्डित १ सय ७१ मतमै सिमित हनुभयो । ठोरी वडा नम्बर १ मा पनि एमालेकै धनमान थापा मगर (६५१), २ मा कांग्रेसका अमृत कृष्ण सापकोटा (६२३), ३ मा एमालेका शम्भु खड्का (९०८), ४ मा एमालेकै मान बहादुर थिंग (११२१) र ५ मा नेकपमा माओवादीका अष्ट बहादुर लोप्चन (८३५) बिजयी भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here