सिमरा,बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले आयोजना गर्न लागेको ‘प्रथम बागमती प्रदेश खेलकुद अवार्ड २०८२’ कार्यक्रममा सहभागी हुन पूर्व किर्तिमानी खेलाडीहरु सिमरा एयरपोर्ट हुदै हेटौडा गएका छन ।
सिमरा विमानस्थलमा आइपुगेपछि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले स्वागत गरेका थिए ।्

हेटौडामा हुने अवार्ड वितरण कार्यक्रममा सहभागी हुन किर्तिमानी खेलाडी जितबहादुर केसी, बैकुण्ठ मानन्धर, संगिना वैद्यसहित विभिन्न खेलका खेलाडी, प्रशिक्षक र कलाकार सिमरा आएकासिमरा आइपुगेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई स्वागत गर्न मधेश प्रदेश तेक्वान्दो संघको नेतृत्वमा तेक्वान्दो खेलाडी, सिमरा र पथलैयामा महिला फूटबल खेलाडी समेत उपस्थित थिए ।

Leave a Reply