बिदुर खडका
डुमरावाना,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा भइरहेको शिवपुराणबाट संकलित दान रकम दुव्र्यसन नियन्त्रण गर्न खर्च गरिने भएको छ । त्यसैगरी बर्दिबासमा रहेको मायाँ घर असाहाय आश्रमको लागि पनि खर्च गरिने शिवपुराण आयोजक समितिका कुमार चौलागाई बताउनुहुन्छ । भागवत पुराणकी बाचिका राधिका दासीले संञ्चालन गरेको अनाथ आश्रममा हाल १ सय ३५ जना बेसाहाराहरु रहेको र ३ हजार जतिलाई सेवा दिइसकेको चौलागाईले बताउनुभयो ।
उता विद्यालय नजिकै लगाइएको सो शिवपुराणमा प्रयोग भएको माइक र त्यहाबाट निस्केको ठुलो आवाजले स्कुले बालबालिका र बिरामीहरुलाई असर गर्न गरेको स्थानीय देबधारी महत बताउनुहुन्छ । बालबालिका र बिरामीहरुलाई परेको असर बारे आलोचना गर्दा धर्म बिरोधी ठहरिने डरले चुपलागेर बस्नु परेको महतोको भनाइ छ । चौलागाईले स्थानीयको सुझाव अनुसार संगितमय कथा वाचन भइरहेको र आफूहरुले बालबालिकाहरुलाई असर पर्ने गरी ध्वनी प्रदुषण नगरेको बताउनुभयो ।