मनोज शाह
जीतपुर,जीतपुरसिमराको बडहर्वाबाट प्रहरीले ३ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय शिवहरी धिताल, पुरुषोत्तम भारती र बिराज थापालाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बडहर्वास्थित उखुबारीमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।प्रहरीका अनुसार उनीहरुबाट ७ हजार नगद रुपैया पनि बरामद भएको र अहिले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमरा प्रहरी प्रमुख चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँले केही जुवाडे भने भाग्न सफल भएको पनि बताउनुभयो । विशेष सूचनाका आधारमा सिमराबाट पुगेको सिमरा प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

















