कुनै पनि देशका नागरिकहरुका लागि नागरिकता भनेको कुरा महत्वपूर्ण मात्रै होइन अनिवार्य नै हो । नागरिकता नपाएको व्यक्ति त्यो देशको स्थायी नागरिक हुन पाउदैन र यो पनि सत्य कुरा हो । त्यसैले नेपालमा १६ वर्ष पूरा भएपछि कुनै पनि नागरिकहरुले बंशजको आधारमा सहज रुपमा नागरिकता लिन पाउनेछन् । यो भनेको जसको बावुबाजेको नागरिकता छ, उसले सहज रुपमा नागरिकता पाउनेछ ।

तर, नेपालको सवालमा फेरि अर्को एउटा प्रयास गरिदैछ । नेपाल छिमेकी देश भारतसंग जोडिएको छ । भारतका चेलीहरुको नेपालमा विवाह हुन्छ तर अब भारतबाट नेपालमा विवाह गरेर आएका भारतीय मुलका चेलीहरुलाई सहज रुपमा नागरिकता दिने प्रयास हुदैछ । यसले कालान्तरमा नेपालको राष्ट्रियतामा दख्खल आउने निश्चित छ ।

कम्तीमा वैवाहिक नागरिकता दिने बिषयमा बिश्वब्यापी मान्यताको बिषयमा छलफल र बहस नै नभइ नागरिकतालाई सहज बनाइएको छ । जसले भोलि अप्ठेरो पार्ने निश्चित छ । त्यसैले अब नेपालमा बाराको निजगढ नरपालिकाको रतनपुरमा हालै भएको नागरिकता काण्ड जस्ता घटनाहरु दोहोरी रहनेछन् र विकृति बढ्दै जाने छ ।

 

 

Leave a Reply