निजगढ,प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनमा बाराका ३ जना केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन ।
केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनेमा अच्युत पौडेल, रमेश सुवेदी र इन्दिप कोइराला रहेका छन । अधिवेशनले पौडेललाई मधेस प्रदेशको इन्चार्जसमेत चयन गरेको छ ।

त्यसैगरी मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा खगेन्द्र कार्की सप्तरी, धर्मेन्द्र झा धनुषा, प्रवीण साह धनुषा, ज्योती झा धनुषा, सुनिताकुमारी महतो महोत्तरी, रिना आले सर्लाही, रमेश तिमिल्सिना रौतहट, बख्तर अली सर्लाही, उत्तम उपाध्याय (आदर्श) रौतहट, प्रेमचन्द्र झा रौतहट, चयन भएका छन । केन्द्रीय निर्वाचन आयोग सदस्यमा बाराका बेद भट्ट र लेखा आयोग सदस्यमा अफरोज अर्पण पनि चयन भएका छन ।

सोमवार राति सम्पन्न अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ । चुनावबाट नेतृत्व चयन हुनुपर्ने अध्यक्ष पदका आकांक्षी राजेश राईको माग पूरा नभएपछि पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो । राईले त्यसअघि अध्यक्ष पदमा आफ्नो दाबी फिर्ता गरेको घोषणा गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ । सोहीअनुसार प्रदेश इन्चार्जहरुमा नुतन श्रेष्ठ (कोशी), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश) यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन भएका छन्। अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको हो ।तस्बिर सौजन्य

Leave a Reply